Root/ trace

The Lord Jesus Came To Bethlehem

TBWorld

किनभने परमेश्‍वरले संसारलाई यति धैरै प्रेम गर्नुभयो,
उहाँले आफ्‍नो एक मात्र पुत्र पनि दिनुभयो।
परमेश्‍वरको पुत्रमाथि विश्‍वास गर्ने कोही पनि नाश हुनेछैनन्,
तर तिनीहरूले अनन्त जीवन पाउनेछन्।

बेथलेममा येशु आउनु भो मुक्ति सबैलाई दिनु भो ।

बेथलेमको ठाउँमा गोठालाहरु भेडा चराउदै थियो ।
बास नपाएर मरियम र योसेफ, गोठ भित्र बसेछ ।
गाईको गोठ भित्र पुत्र येशु जन्मनु भयो ।
भेडा चराउने मान्छेहरु को बिचमा स्वर्ग दुत आउनु भो ।
स्वर्गीय शक्ति देखेर भेडा गोठालाहरु तर्सियो ।
स्वर्गीय राजा येशु संसारमा उदायो ।

बेथलेममा येशु आउनु भो मुक्ति सबैलाई दिनु भो ।

स्वर्गीय शक्ति देखेर भेडा गोठालाहरु तर्सियो ।
स्वर्गीय राजा येशु संसारमा उदायो ।
स्वर्ग दुत हरुले शुभ समाचार सुनायो ।
बालक लाई दर्शन गर्न मानिस हरु गोठ भित्र गए ।
राजाहरुका राजा प्रभु येशूलाई तिनीहरुले देखे ।
प्रभु येशुलाई देखेर प्रशंसा सबैले गरे ।

बेथलेममा येशु आउनु भो मुक्ति सबैलाई दिनु भो ।

Crimson Worship (Producer)

Nepali

2021

Leave a Reply